शुक्रबार, २६ भदौ २०८३
नेपाली

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

Main News Image

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ । भूकम्प फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्र नजिक गएको हो । यसले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा भूकम्पका कारण भवनहरूमा क्षति पुगेको तथा मानिसहरू सुरक्षित स्थानतर्फ भागिरहेको देखिन्छ । एउटा विद्यालय परिसरमा खिचिएको भिडियोमा भवन हल्लिन थालेपछि विद्यार्थी खुला मैदानतर्फ दौडिएको देख्न सकिन्छ ।


mediabaaji add

सम्बन्धित खबर

कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु

काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिक...

इरानको पक्षमा उभियो चीन, भन्यो– ‘आर्थिक नाकाबन्दी समाधान होइन’

काठमाडौँ । चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सह...

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा ग...

पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...

अमेरिकामा बसोबास अनुमति पाएका ७ हजार नेपालीलाई देशनिकाला गर्न ट्रम्पलाई बाटो खुल्यो

काठमाडौँ । अमेरिकाको एक अदालतले अस्थायी संरक्षित स्थिति टीपीएस अन्तर्गत अमेरिकामा बस्ने अनुमति पाएका नेपालीहरूलाई देशनिकाला गर्न ट्रम्प सरकारलाई अनुमति दिएको छ । नवौं सर्किट कोर्ट अफ अपिल्सले अमेरिकी सरकारलाई नेपाल, होन्डुरस र निकारागुवाका आप्रवास...

महासागरको तापक्रममा उच्च वृद्धि,जलवायु परिवर्तनका नयाँ रेकर्डहरू कायम

काठमाडौँ । युरोपेली सङ्घको जलवायु निगरानी निकायले मार्च महिनामा महासागरको तापक्रम झन्डै रेकर्ड स्तरमा पुगेको जनाएको छ । यसले पृथ्वीको समग्र तापक्रममा थप वृद्धि ल्याई अत्यधिक गर्मी र चरम मौसमी अवस्था निम्त्याउन सक्ने सङ्केत गरेको छ ।

प्रतिवेद...