बिहिबार, ०१ असोज २०८३
नेपाली

निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा

Main News Image

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति पास बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनुमति पास बिना चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार अधिकांश सवारी ‘कोर’ क्षेत्रमा सञ्चालन भइरहेका बेला नियन्त्रणमा लिइएका हुन् ।


प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सो नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन...

पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

काठमाडौँ । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने...

काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख

काठमाण्डौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए...

मापसेका कारण वैशाख महिनामा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु र १७४ घाइते

काठमाडौँ । गत वैशाख महिनामा मात्रै देशभर मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् । मापसेका कारण सवारी दुर्घटना...

चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने

काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा व...