पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना २०८२ साल चैत १७ गते दिउँसो करिब १ बजे भएको हो । आरोपितहरूले बालिकालाई फकाएर आफ्नो घरतर्फ लगेर पटक–पटक जबरजस्ती करणी गरेको बताइएको छ ।
घटनापछि गरिएको स्वास्थ्य परीक्षणमा समेत जबरजस्ती करणी भएको पुष्टि भइसकेको छ, जसले घटनालाई थप गम्भीर बनाएको छ । उक्त घटनापछि २०८२ साल चैत १८ गते औपचारिक रूपमा जाहेरी दर्ता गरिएको छ । यस घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका रुपेश यादव र लडु यादव कजन दाजुभाइ फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
घटनापछि पीडित परिवारले न्यायको अपेक्षा राख्दा, समाजकै केही व्यक्तिबाट धम्की, दबाब तथा घटना लुकाउने प्रयास भइरहेको आरोपसमेत लागेको छ । पीडित पक्षका अनुसार, मुचुल्का लिन गएको प्रहरी टोलीलाई समेत गाउँका केही व्यक्तिहरूले अवरोध गर्दै फर्काएको बताइएको छ, जसले घटनामा निष्पक्ष अनुसन्धानमा चुनौती थपिएको देखिन्छ । स्थानीय स्तरमा जातीय तथा सामाजिक दबाबका कारण घटना दबाउने प्रयास भएको र पीडित परिवारलाई झन् मानसिक तथा सामाजिक पीडा दिइएको अवस्था रहेको जनाइएको छ ।
यस घटनाले समाजमा बालबालिका र महिलाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने, कानुन कार्यान्वयन र सामाजिक उत्तरदायित्वमाथि पनि ठूलो चिन्ता व्यक्त गरिएको छ । हाल पीडित परिवारले दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न तथा निष्पक्ष न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।
फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुङ्गा चेक पोष्ट अगाडी आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ट्रक चालक ४ जना, सार्वजानिक यात्रुवाह...
काठमाडौंमा एक सय राउन्ड गोलीसहित पेस्तोल बरामद
काठमाडौँ । काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडामा झाडीमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं...
सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण का...
लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस अफ द मन्थ’
काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेल्दै उनले धुलिखेल–११ बाट करिब १८ केजी गाँजा बरामद गर्न सफल...



