चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र पसलहरूमा एकैसाथ अनुगमन गरी मापदण्डविपरीतका सामग्री जफत र निर्देशन जारी गरेको हो ।
४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध अनुगमनका क्रममा विभागले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाहरू स्वास्थ्य र वातावरणका लागि हानिकारक भएको भन्दै तिनको उत्पादन र बिक्री वितरण नगर्न कडा निर्देशन दिएको छ। विभागले निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग, दीक्षा स्टोर, पशुपतिनाथ इन्टरप्राइजेज र युनिभर्सल ट्रेडरर्सलगायतका संस्थाहरूलाई सुधारात्मक निर्देशन दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज ओपीडी सेवा खुल्ला राख्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्...
सर्लाहीका यी १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा धेरैलाई औषधि खुवाउने तयारी
काठमाण्डौँ । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको हो ।
...
नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !
काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भए...
सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
काठमाण्डौँ । तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यवसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्रजातिमात्र सीमित नरही उच्च आर्थिक तथा औषधीय महत...



