सोमबार, २९ भदौ २०८३
नेपाली

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

Main News Image

काठमाडौँ । नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौँदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया अगाडि बढाइएको छ । औषधिको नियमित सेवन गरेमा छोटो समयमै पूर्ण निको हुने कुष्ठ रोग प्रभावित व्यक्तिप्रति नेपाली समाजमा गरिने व्यवहार र कानुन पीडितमैत्री हुन नसकिरहेको अवस्थामा नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिविरुद्धको भेदभाव अन्त्यका लागि कानुनी सुधार गर्न लागिएको हो ।

नेपाल कानुन समाजको अग्रसरतामा विद्यमान कानुनी त्रुटिहरूलाई उजागर गर्दै तीनै तहका सरकारको सहभागितामा एकीकृत कानुन निर्माणको बलियो आधार तयार पारिएको छ । स्वास्थ्यको पाटोबाट कुष्ठ प्रभावसम्बन्धी समस्याको पहिचान, उपचार र पुनःस्थापना तथा विभेदकारी कानुनलाई समयानकूल सुधार गर्न यससम्बन्धी मस्यौदा बनाइ स्थानीय तहसम्म पुगेर छलफल गर्ने तयारी गरिएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

mediabaaji add

सम्बन्धित खबर

चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द

काठमाण्डौँ । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । घटनाको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र न...

काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्...

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...

वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध

काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा...

बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको  छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखानाले स...