चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द
काठमाण्डौँ । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । घटनाको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र न्याय माग्न गएका चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै सङ्घले यसलाई लज्जास्पद ठहर गरेको छ ।
आन्दोलनका क्रममा आज चिकित्सकहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र उपत्यका बाहिरकाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम छ ।
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले देशभरका स्वास्थ्य सेवा ठप्प पारिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ । संघको यस निर्णयसँगै आज देशैभरका अस्पतालहरूमा बहिरङ्ग ओपिडी लगायतका...
आज ओपीडी सेवा खुल्ला राख्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्...
आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ
काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दि...
चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक...
विषादी नियन्त्रणमा कडाइ गर्न मन्त्रालयको अनुरोध
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ । हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निका...
दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे
काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...



