शनिबार, १७ असोज २०८३
नेपाली

कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक

Main News Image

काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।

ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ गरेका हुन् ।
गायनमा उदाउँदै गरेका केशव बादीले गजलका शब्दहरमाथि न्याय हुने गरि संगीत सृजना गर्न र स्वर भर्न आफूले सम्पूर्ण कोशिश गरेको बताए। यस गजललाई पलाँस क्रिएशन युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक गरिएको छ ।

अमेरिकाको नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस दुई दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशिल छन्। उनको मायाँ गर्नुको अर्थ गीति सन्चयन प्रकाशित छ। पलाँसका शब्दमा ख्यातिप्राप्त कलाकार दीप श्रेष्ठ, कर्ण दास, शिशिर योगी, बि बि अनुरागी, सन्जु थापा, प्रमोद खरेलदेखि नयाँ पुस्ताका समिक्षा अधिकारी, रचना रिमाल र बाल कलाकार अनुजा कडरिया सम्मले संगीत र स्वर मिसाइसकेका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद

काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...

सार्वजनिक भए ‘लज्जावती’ का आकर्षक पोस्टर, दर्शकमाझ बढ्दै उत्सुकता

काठमाडौँ । पाँच नयाँ पोस्टरमा फिल्म लज्जावती , आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लज्जावती’ ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रवार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फि...

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...

बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)

काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।&nb...

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद

काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।