शुक्रबार, १६ असोज २०८३
नेपाली

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Main News Image

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ। सार्वजनिक भएको केही दिनमै गीत धेरै श्रोतामाझ पुगिसकेको छ ।

गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन् भने इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन् । यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् । त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए ।

गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन् । उनका ‘टोली नेता’ २०७४ र ‘पोलेको मकै’ २०७८ दुई बाल कथासंग्रह प्रकाशित छन् । 

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन् । ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन् । उनका ‘आजका लघुकथा’ २०७४ र ‘संयोग’ २०७९ दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन् । गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत उनले सम्पादनको अनुभवसमेत बटुलेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

धुर्मुस भन्छन् _आश्मा न्याय पाउन आफ्नो मातृभूमि फर्किएकी थिइन्, तर राज्यको मुद्दा फेरि विदेशमा सारियो !

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले न्याय पाउने आशामा छोरीसहित मातृभूमि फर्किएको बताएका छन् । उनले दुई महिनासम्म राज्यका विभिन्न निकायसँग परामर्श गर्दा पनि आफ्नो समस्या समाधान हुन नसकेको र फेरि विदेश फर्कन बाध्य भएको...

‘कार्की साइँला’को ‘लग्यौ परान’ गीतमा जितु र प्रियानाको केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रम बिच सार्वजनिक गीतमा कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचरिङ छ । श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीत...

विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक

काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । 

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा श...

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।

श्याम क्षेत्...

‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्‍यो’ : अभिनेत्री उषा रजक

काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्य...

चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श...