प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
काठमाण्डौँ । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
राणाले भैरहवा बजार क्षेत्रमा आफू घुमुवा प्रहरी भएको बताउँदै पेस्तोल देखाएर विभिन्न व्यक्तिसँग १० हजार रुपैयाँ मागिरहेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरबाट नियन्त्रणमा लिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा । सिरहा कारागारमा नाइके पक्राउ परेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित...
पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...
चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल
रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित पक्राउ, अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदा...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार व्यवसायी पक्राउ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोद...



