एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपालले यसअघि आफ्ना सुरुवाती दुई खेलहरूमा बहराइन र मलेसियालाई पराजित गरेको थियो। साउदी अरबविरुद्धको तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा कायम रहेको छ । समूह ‘ए’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आफ्नो लय कायम राख्दै समूह विजेता बन्ने लक्ष्य राख्नेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै
काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित
काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...
एसियन गेम्स क्रिकेट छनोट : फाइनल प्रवेशका लागि आज नेपाल र ओमान भिड्दै
काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान ७स्१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।
<...टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा...



