बुधबार, ११ कात्तिक २०८३
नेपाली

उपत्यकामा बर्ड फ्लुको तीव्र जोखिम : ६ लाखभन्दा बढी कुखुरा नष्ट

Main News Image

काठमाडौँ । नेपालमा पछिल्लो तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म देशभरका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला संक्रमणको उच्च जोखिममा रहेका छन् । देशभरका प्रयोगशालाहरू मार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण देखिएको छैन । त्यसैले विभागले अहिले आफ्नो सम्पूर्ण ध्यान उपत्यकाभित्रकै संक्रमणलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिन केन्द्रित गरेको छ ।

हालसम्म देशभरका साना-ठूला गरी ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु प्रमाणित भइसकेको छ। पछिल्लो पटक थप पाँच स्थानका नमुनामा समेत संक्रमण पुष्टि भएपछि प्राविधिक टोली परिचालन गरी नियन्त्रणको कार्य अघि बढाइएको छ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौंमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचका...

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...

चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द

काठमाण्डौँ । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । घटनाको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र न...

काठमाडौँको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो, घर बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायू प्रदूषण अझै उच्च बनेको छ । विगत केही दिनका तुलनामा प्रदूषण झनै बढेको हो । फागुन २२ गतेदेखि उपत्यकामा घाम लागिरहेको थिएन । हावा पनि लागेको छैन । चुनावका कारण केही दिन सवारी पातलो भए पनि अहिले फेरि त्यही सवारीको प्...