७ वर्षपछि दुर्घटना होइन, हत्या पुष्टि : श्रीमतीसहित ३ जना पक्राउ
काठमाण्डौँ । महोत्तरीको बर्दिबासमा ७ वर्षअघि ‘सवारी दुर्घटना’ भनिएको एक घटनाको वास्तविकता अहिले खुलेको छ । प्रहरी अनुसन्धानले सो घटना योजनाबद्ध हत्या भएको पुष्टि गर्दै मृतककी श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको छ । २०७६ असार ३१ गते राति बीपी राजमार्ग नजिक स्कुटर दुर्घटनामा परेर ३६ वर्षीय सरोज भन्ने श्रवणकुमार थापाको मृत्यु भएको थियो । त्यतिबेला सामान्य दुर्घटना मानिएको उक्त घटनामा परिवारले शंका गरेपछि पुनः अनुसन्धान सुरु गरिएको थियो ।
केन्द्रीय अनुसन्धानपछि घटना ‘सुपारी’ दिएर गरिएको हत्या भएको खुलेको हो । श्रीमती पूजा थापा, उनकी बहिनीहरू निशा बस्नेत र आरती बस्नेतले मिलेर हत्या योजना बनाएको आरोप छ । सरोजलाई राति बाहिर लगेर ढुंगाले प्रहार गरी हत्या गरिएको र पछि दुर्घटनाजस्तो देखाइएको प्रहरीले जनाएको छ ।
घटनापछि भारततर्फ फरार रहेका उनीहरूलाई हालै सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । यसअघि हत्या कार्यान्वयनमा संलग्न ४ जना पक्राउ परे पनि जेलबाट फरार भइसकेका छन् । डीएसपी विकास बमको नेतृत्वमा भएको अनुसन्धानले ७ वर्ष पुरानो रहस्य खोलेको हो । प्रहरीले अन्य फरार आरोपीहरूको खोजी तीव्र बनाएको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै
काठमाडौँ । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत के...
ट्राफिक सप्ताहमा २३ हजारभन्दा बढी लाभान्वित, ‘सानो लापरबाही ठूलो दुर्घटना’ सन्देश प्रवाह
काठमाडौँ । ट्राफिक सप्ताहको चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी...
१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर...
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगल...



