७ वर्षपछि दुर्घटना होइन, हत्या पुष्टि : श्रीमतीसहित ३ जना पक्राउ
काठमाण्डौँ । महोत्तरीको बर्दिबासमा ७ वर्षअघि ‘सवारी दुर्घटना’ भनिएको एक घटनाको वास्तविकता अहिले खुलेको छ । प्रहरी अनुसन्धानले सो घटना योजनाबद्ध हत्या भएको पुष्टि गर्दै मृतककी श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको छ । २०७६ असार ३१ गते राति बीपी राजमार्ग नजिक स्कुटर दुर्घटनामा परेर ३६ वर्षीय सरोज भन्ने श्रवणकुमार थापाको मृत्यु भएको थियो । त्यतिबेला सामान्य दुर्घटना मानिएको उक्त घटनामा परिवारले शंका गरेपछि पुनः अनुसन्धान सुरु गरिएको थियो ।
केन्द्रीय अनुसन्धानपछि घटना ‘सुपारी’ दिएर गरिएको हत्या भएको खुलेको हो । श्रीमती पूजा थापा, उनकी बहिनीहरू निशा बस्नेत र आरती बस्नेतले मिलेर हत्या योजना बनाएको आरोप छ । सरोजलाई राति बाहिर लगेर ढुंगाले प्रहार गरी हत्या गरिएको र पछि दुर्घटनाजस्तो देखाइएको प्रहरीले जनाएको छ ।
घटनापछि भारततर्फ फरार रहेका उनीहरूलाई हालै सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । यसअघि हत्या कार्यान्वयनमा संलग्न ४ जना पक्राउ परे पनि जेलबाट फरार भइसकेका छन् । डीएसपी विकास बमको नेतृत्वमा भएको अनुसन्धानले ७ वर्ष पुरानो रहस्य खोलेको हो । प्रहरीले अन्य फरार आरोपीहरूको खोजी तीव्र बनाएको जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...
हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ
कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २...
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
काठमाडौँ । काठमाडौँ प्रहरीले गएराति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प...



