बुधबार, ११ कात्तिक २०८३
नेपाली

विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी

Main News Image

काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन् । विपिनको सकुशल उद्धारको आशामा अमेरिका गएका परिवारका सदस्यहरू उनलाई जिवितै फर्काउने अपेक्षा राखेका थिए । तर, इजरायल–हमास युद्धका क्रममा हराएका विपिनको मृत्यु पुष्टि भएपछि उनीहरू खाली हात फर्कनुपरेको हो ।

कतार एयरवेजको विमानमार्फत उनीहरू आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। विमानस्थलमा पारिवारिक सदस्यहरू तथा आफन्तहरूले उनीहरूलाई भावुक रूपमा स्वागत गरेका थिए ।

२०७८ सालमा इजरायल पुगेका २२ वर्षीय विपिन जोशी गत वर्ष अक्टोबरमा हमासको आक्रमणमा परेपछि बेपत्ता भएका थिए । उनीसँगै अन्य केही नेपाली विद्यार्थीहरू पनि सो आक्रमणमा मारिएका थिए । सरकारले विपिनको मृत्यु पुष्टि गरे पनि उनको शव फेला परेको छैन । शव ल्याउने वा अन्तिम श्रद्धाञ्जली दिन नपाएका परिवार अझै पनि मर्माहत छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर सो स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा...

नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न

काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान रिजिड पेभमेन्ट गरी कुल २७ किलोमिटर सडक न...

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिक...