शुक्रबार, ०२ असोज २०८३
नेपाली

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

Main News Image

काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ डलरसम्म झरेको छ । यसअघि ९८ डलरभन्दा माथि पुगेको थियो ।

इरानको दक्षिणमा रहेको साँघुरो हर्मुज जलमार्गबाट विश्वभर तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुँदै आएको छ। अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरु गर्नुअघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० डलरभन्दा कम थियो। झण्डै तीन महिना अघि फेब्रुअरी २२ मा युद्ध सुरु भएको थियो भने मार्चमा मूल्य ११९ डलरभन्दा माथि पुगेको थियो ।

विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीचको युद्धविराम अवधिभर हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि मार्ग खुला गरिएको बताए ।

mediabaaji add

सम्बन्धित खबर

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए । इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने...

युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ ।

लेबनानको न...

पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना

काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।

यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...

इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्व...

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदी...