हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो
काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ डलरसम्म झरेको छ । यसअघि ९८ डलरभन्दा माथि पुगेको थियो ।
इरानको दक्षिणमा रहेको साँघुरो हर्मुज जलमार्गबाट विश्वभर तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुँदै आएको छ। अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरु गर्नुअघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० डलरभन्दा कम थियो। झण्डै तीन महिना अघि फेब्रुअरी २२ मा युद्ध सुरु भएको थियो भने मार्चमा मूल्य ११९ डलरभन्दा माथि पुगेको थियो ।
विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीचको युद्धविराम अवधिभर हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि मार्ग खुला गरिएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्च...
इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि
काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...
इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जन...
अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका...
पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...
युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूल...



