काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकांक एक्युआई आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।
योससँगै आज काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स एक्युआई अनुसार आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व खाद्य सुरक्षा दिवस : दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
काठमाडौँ । विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यां...
आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु
काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका ह...
सर्लाहीका यी १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा धेरैलाई औषधि खुवाउने तयारी
काठमाण्डौँ । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको हो ।
...
घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो...
सरकारले भन्यो निपाह भाइरसबाट सचेत र सजग रहनुस्
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले भन्यो निपाह भाइरसबाट सचेत र सजग रहन अनुरोध गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै आफुपनि यो भाइरस देखि जोगिन भनेको हो ।
मन्त्रालयले त्यसका...
वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...



