विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना
काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो । भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू भएको हो ।
क्विर्नोले भने, हाम्रो देश स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय फोरममार्फत अघि बढाउने छ, तर स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध
काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका...
अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेप...
युद्धविराम घोषणाको केही घण्टामै होर्मुज जलमार्ग अशान्त, तीन जहाजमाथि शंकास्पद आक्रमण
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप गरेको केही घण्टामै होर्मुज जलमार्गमा तनावको नयाँ श्रृंखला सुरु भएको छ । युद्धविरामको घोषणालाई कूटनीतिक सफलताका रूपमा हेरिए पनि, व्यवहारमा भने इरानले उक्त जलमार्गमा व्...
शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ
काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा...
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ । पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिको शृङ्खलाबीच आएको यो कम्पनले जोखिम...
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...



