शनिबार, ०७ कात्तिक २०८३
नेपाली

युद्धविराम घोषणाको केही घण्टामै होर्मुज जलमार्ग अशान्त, तीन जहाजमाथि शंकास्पद आक्रमण

Main News Image

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप गरेको केही घण्टामै होर्मुज जलमार्गमा तनावको नयाँ श्रृंखला सुरु भएको छ । युद्धविरामको घोषणालाई कूटनीतिक सफलताका रूपमा हेरिए पनि, व्यवहारमा भने इरानले उक्त जलमार्गमा व्यावसायिक जहाजहरूलाई लक्षित गरी आक्रमण र नियन्त्रणमा लिने कार्य गरेपछि क्षेत्रीय सुरक्षामा थप जटिलता उत्पन्न भएको छ ।

प्राप्त विवरणअनुसार, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले बुधबार होर्मुज जलमार्गमा गुडिरहेका तीनवटा जहाजलाई लक्षित गर्दै आक्रमण गरेको थियो। सोही क्रममा दुईवटा जहाजहरूलाई नियन्त्रणमा लिई इरानी किनारतर्फ लगिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा

काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प देशको मध्यावधि निर्वाचनपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहन्छन् । इरानका अधिकारीहरूले...

पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्र...

अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन

काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो । यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्...

खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी

काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ल...

बेरोजगारी संख्या जापानमा बढ्दै

टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...