एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै
काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ । समूह ‘ए’ मा रहेको नेपालले यसअघि नै उत्कृष्ट प्रदर्शन गर्दै एक खेल अगावै एसियाली खेलकुदका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा चीनमाथि दुई सय २१ रनको विशाल अन्तरले ऐतिहासिक जित दर्ता गरेको नेपाल आजको खेलमा पनि सोही उच्च मनोबलका साथ मैदानमा देखिनेछ। नेपाल र मलेसियाबीचको यो रोचक भिडन्त नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुने तय भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कतारद्वारा स्विट्जरल्याण्डलाई रोक्दै विश्वकपमा ऐतिहासिक पहिलो अंक हासिल
काठमाण्डौँ । सान्ता क्लारा अमेरिका फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको छ । योसँगै कतारले विश्वकपको इतिहासमा पहिलो पटक अंक हासिल गर्न सफल भएको छ । लेभीज स्टेडियममा सम्...
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...
विश्वकप डिभिजन लिग–२ मा आज नेपाल र ओमान भिड्दै
काठमाण्डौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । यो यस सिरिजको अन्तिम खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजेदेखि शुरु हुदैछ । जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै...
टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुर...
धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा
चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...
दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौती
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघिका २ खेलमा ल...



