खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।
इजरायलका साथै, इरानले कतार, बहराइन, युएई, साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी अड्डाहरूमा पनि आक्रमण गरेको छ। इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता खामेनीको कार्यालय र इरानको आणविक ऊर्जा संगठनलाई निशाना बनाएको छ। आक्रमणपछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ ।
खाडी देशहरूमा लाखौं नेपाली बस्छन् । साउदीमा ५ लाखभन्दा बढी, युएइमा ३ लाखभन्दा बढी, कतारमा ४ लाखभन्दा बढि र कुनेतमा करिब १ लाख नेपाली रहेको अनुमानित तथ्यांक छ । इरानले इजरायलको छिमेकी बहराइनमा रहेको अमेरिकी सैन्य अड्डा र कतारमा रहेको अमेरिकाको अल उदेइद हवाई अड्डामाथि पनि धेरै क्षेप्यास्त्र प्रहार गरेको छ । कतारमाथि इरानी क्षेप्यास्त्र रोकियो। कतारको रक्षा मन्त्रालयले आफ्नो प्याट्रियट प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्र रोकेको बताएको छ । सुरक्षा चिन्ताका कारण मध्य पूर्वमा धेरै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् र धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
ईयूले लगायो रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध
काठमाडौँ । युरोपेली सङ्घ ईयुले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको व...
हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
तेहरान । इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ । इरानले क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई त्यही क्षेत्रका सम्बन्धित देशहरू मिलेर नै सुनिश्चित गर्नुपर्ने आफ...
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
इरानको पक्षमा उभियो चीन, भन्यो– ‘आर्थिक नाकाबन्दी समाधान होइन’
काठमाडौँ । चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सह...
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना
काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...
सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि...



