दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिर पूजा, दर्शन र टीका ग्रहणका लागि खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने नागरिकहरूले पुगेर पूजा(आराधना गरी सप्तरङ्गी टीका लगाउने गर्छन् ।
राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको अल्पायुमै निधन भएपछि शोकमा परेकी रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको ठीक बीचमा सोही समयमा बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो ।
विसं २०३५ अघिसम्म रानीपोखरीभित्र प्रवेश गरेर मन्दिर पुग्ने क्रममा सर्वसाधारण पोखरीमा हामफाल्ने जोखिम र अप्रिय घटनाहरू बढेकाले सुरक्षाका कारण मन्दिर बन्द गर्ने गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भई टीका लगाउने गर्दथे।
एक्सप्रेस
सम्बन्धित खबर
एनआरएनए विवाद : बद्री केसी र महेशकुमार श्रेष्ठको समूहबीच सहमति, आइतबार एकता
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का दुई समूहबीच एकताका लागि सहमति जुटेको छ । विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका डा। बद्री केसी र महोशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएबीच १० बुँदे सहमति भएको हो । अब...



