बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)
काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।
भुटान त्याग्दै गरेको बुढाबुढीले रातको प्रहरमा भुटान त्याग्दै गर्दा फर्केर आफ्नो छाप्रोमा हेर्नु, गाइबस्तुहरु भोकाएर बाँ गर्नु, कुकुरले आँखाभरि आँसृु पारेर उनीहरुलाई बिदा गर्नु आदि मार्मिक दुश्यले निर्देशक बिशाल गृुरुङ्गको निर्देशकीय कौशलता देखाउँछ । रातको समयमा पनि साविक समयभन्दा अगाडि नै गाइवस्तुहरु जागेर उनीहरुको जानै लागेको चाल पाउनु जस्ता मार्मिक दुश्यले दर्शकलाई धृुरुक्कै रुवाउँछ ।
पशुहरुमा कुनै पनि घटनाको हुने पूर्व सूक्ष्म ज्ञानलाई गीतको म्युजिक भिडियोमा देखाएको छ । गीतमा रचना र संगीत प्रताप सुब्बाको रहेको छ भने बरिष्ठ कलाकार सुरविर पण्डित र कविता आलेको अभिनय रहेको छ । गीतको सुरुवात मार्मिक संवादबाट सृुरु हृुन्छ, जुन संवाद बरिष्ठ साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेका हुन् । ज्ञानु सुब्बाको कथा र पटकथा रहेको म्युजिक भिडियोको एरेन्जर फणिन्द्र राई हुन् । अहिले बजारमा यो गीतको निकै चर्चा छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो...
सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भ...
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा "मोरे सैया" गीत सार्वजनिक
काठमाडौँ । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति मोरे सैया सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ ।
नेत्र अर्यालद्वारा शब्द...
लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा
काठमाण्डौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौँ महाधिवेसनक...
कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?
काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।
ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...
लोक गायक कमल बिके निर्मोहीको निधन
काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...



