कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?
काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।
ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमजोर हुँदा समाजमा हेपिएकोदेखि सानो काम गरेको व्यक्ति हुन्। उनै गणेश पात्रको काठमाडौंको यात्रा, त्यहाँ भोग्नुपर्ने संघर्ष र उताडचडावको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। हास्यरस र भावना मिसिएको ट्रेलर मार्मिक पनि रहेको छ। फिल्मको ट्रेलरमा बल्छीसँगै वर्षा शिवाकोटी लगायतका कलाकारलाई देख्न सकिन्छ ।
‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका बल्छी धुर्बेले टेलिचलचित्र निर्देशन गरेका थिए । उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहेको यस फिल्ममा उनकै कथा रहेको छ । फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ। यो फिल्म आगामी माघ १ गतेबाट नेपालभरका हलमा रिलिज हुँदैछ ।
एक्सप्रेस
सम्बन्धित खबर
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
काठमाण्डौँ । बलिउड अभिनेत्री सन्नी लियोनी आज शनिबार काठमाडौँ आउँदै छिन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन समारोहमा सहभागी हुन उनी आज यहाँ आउने भएकी हुन् । सोही समारोहमा सहभागी भएर बलिउड अभिनेता सञ्जय दत्त शुक्रबार मात्र...
दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी, एक्का मिस्सी बादशाह घोषणा
काठमाण्डौँ । फिल्म एक्का मिस्सी बादशाहको निर्माण घोषणा गरिएको छ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वज...
प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’
काठमाडौँ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ ।
श्याम क्षेत्...
बालप्रतिभा सुवाशना खड्का केसी: ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को बलियो दाबेदार
काठमाण्डाैँ । ११ वर्षको उमेरमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गरेकी बालप्रतिभा सुवाशना खड्का केसी अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ मा उ...
उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रम...
भारतीय अभिनेता प्रदीप रावत रहेनन्
काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।



