बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।
बंगलादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले शेख हसिनालाई सत्ताच्यूत गरेपछि भागेर भारतमा शरण लिएर बसिरहेकी छन् । हसिनाले पछिल्लो समय भारतबाट स्वदेश फर्कने घोषणा समेत गरेपछि राष्ट्रपतिले राजीनामा दिएका हुन् ।
शाहबुद्दिन हसिनाका पूर्वसहयोगी समेत हुन् । उनी सन् २०२३ मा मात्रै बंगलादेशको राष्ट्रपति बनेका थिए । शाहबुद्दिनले संसदका सभामुखलाई राजीनामा पत्र दिएको बताइएको छ । उपचारका लागि थाइल्याण्ड गएका सभामुख राजीनामा बुझ्नका लागि भ्रमण छोट्याएर आजै बंगलादेश फर्किएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका र इरानबीच पुनः वार्ताको तयारी
काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व...



