मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट गरिएको हो ।
श्रेष्ठ सूचीमा पर्न सफल कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, र वीणा जोशी राजभण्डारी को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन् ।
त्यस्तै, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा नवराज केसीको ‘स्वस्पर्श’, र नदीशको ‘हिउँद’ पनि यो सूचीमा समावेश छन् । यी १० मध्येबाट एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।
वि।सं। २०१२ सालमा स्थापित यस पुरस्कारको राशी २०७५ सालदेखि चार लाख रुपैयाँ रहँदै आएको छ । गुठीले २०७२ सालदेखि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० वटा उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो । नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित मानिने यस पुरस्कारको अन्तिम विजेताको घोषणा भने केही समयपछि गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रज्ञा-प्रतिष्ठानमा पुरानादेखि नयाँ सम्मका पुस्तक प्रदर्शनी
मिडियाबाजी काठमाडौँ ।२०८२ पुस १४ गते आइतबार ।"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे।...
'कविता एन्ड द कप'मा कविहरू !
मिडियाबाजी डटकम काठमाडौँ ।
• बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।
•यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...
पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार
काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...
इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...



