क्यानले सार्वजनिक गर्यो वर्षभरिको व्यस्त क्यालेन्डर
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको कार्यतालिका सार्वजनिक गरेको हो ।
यस वर्ष क्यानले घरेलु संरचनालाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाली टोलीको प्रतिस्पर्धात्मक क्षमता बढाउने मुख्य लक्ष्य राखेको छ । घरेलु प्रतियोगिता अन्तर्गत मार्च र अप्रिल महिनामा पुरुष राष्ट्रिय ए डिभिजन कप र राष्ट्रिय विद्यालय च्याम्पियनसिप आयोजना हुनेछन् । यी प्रतियोगिताहरू जिल्ला र प्रदेशस्तरबाटै सुरु गरिने क्यानले जनाएको छ । त्यस्तै, जय ट्रफी, वाईवाई पुरुष राष्ट्रिय क्रिकेट, महिला ए डिभिजन कप र पहिलो पटक महिला लङ फर्म्याट लामो दूरीको प्रतियोगिता पनि वर्षभर सञ्चालन हुनेछन् ।
युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यानले क्यान युवा कपसँगै लेभल १ र २ को कोचिङ, पिच क्युरेटर र अम्पायरिङ कोर्सहरू समेत सञ्चालन गर्ने योजना बनाएको छ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपीएललाई पनि २०२६ को क्यालेन्डरमा निरन्तरता दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एनओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसी...
आहा रारा पोखरा गोल्डकप माघ २७ देखि, १२ टिमबीच भिडन्त, विजेतालाई १२ लाख
पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा प...
फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
काठमाडौँ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा पूर्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्पेन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टे...
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्...
राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य
काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...
टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।
यसअघि नेपालले मुम्बईमा एमसीए प...



