बिहिबार, १८ असार २०८३
नेपाली

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सचेत रहन बिभागको आग्रह

Main News Image

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । 

बिहीबार देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

मधेस प्रदेश र कोशी प्रदेश तराईको एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली...

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सु...

प्रधान सेनापतिद्वारा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन

काठमाण्डौँ । महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका छन् ।...

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...

संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने

काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनप...

आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार पहाडी तथा हिमा...