मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल भेटिएको थियो । बालकले सो पेस्तोल नक्कली होला भनी चलाउँदा पड्किएको थियो ।
घाइते बालकलाई प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यसअघि गत आइतबार, मलङ्गवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या भएको थियो । प्रहरीले आजको घटनामा प्रयोग भएको हतियार पनि सो हत्या घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...
अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठ...
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्त...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...
ठगिएका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
काठमाडौँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी स्क्यामिङ केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भए...
विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभि...



