गौशाला बजारमा झडप, प्रहरीले हान्यो १७ सेल अश्रुग्यास
महोत्तरी । गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ । सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कुखुरा धनी साबिर हुसेनको घरमा आगजनी र तोडफोडसमेत भएको थियो । भिड नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय गौशालाको टोलीले अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । केही व्यक्तिलाई पहिचान गरी प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । गौशाला बजारको अवस्था मंगलबार बिहानैदेखि सामान्य बनेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...
पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ
काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...



