होर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले नियन्त्रणमा लिएको पुष्टि
काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर उनको नाम अमृत झा रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गत पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले होर्मुज क्षेत्रमा कार्यरत जहाजका सबै क्रु सदस्यलाई इरानले नियन्त्रणमा लिएको र सोही क्रममा नेपाली नागरिक पनि परेको जानकारी दिए । पक्राउ परेको विषयमा उनका आफन्तहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
बंगलादेशमा हिन्दू नेतालाई चुनाव लड्न रोक
ढाका । बंगलादेशमा एक हिन्दू नेतालाई चुनाव लड्नबाट रोक लगाइएको छ । बंगलादेशमा फेब्रुअरी १२ मा चुनाव हुने तालिका छ । गोविन्द चन्द्र प्रमाणिकले गोपालगञ्ज(३ निर्वाचन क्षेत्रबाट संसदीय चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए, तर निर्वाचन अधिकारील...
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
काठमाण्डौँ । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी सिजेपीले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ । सिजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिन...
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प : राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ । देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन् ।
लगातारको तीव्र...
महासभा सकिएपछि पनि बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले निकाल्यो
काठमाडौँ । अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर पनि देश छाड्ने आदेश बेवास्ता गरेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, ती दुवै इरानी प्रतिनिधिमण्डलका सदस्य महासभा सकिएको लामो समयपछि...
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदी...
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...



