सोमबार, ११ साउन २०८३
नेपाली

मोदीसँगको भेट तय नभएपछि कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

Main News Image

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको आसन्न भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । भ्रमणका लागि शनिबार नै नयाँदिल्ली प्रस्थान गर्ने तयारी भए पनि उनको भ्रमण अन्तिम समयमा रोकिएको हो । सभापति थापा पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा सहभागी हुन दिल्ली जाने कार्यक्रम थियो ।

सुरुमा शनिबार भारत जाने तयारी गरेका थापा पछि आइतबार प्रस्थान गर्ने गरी कार्यक्रम संशोधन गरिएको थियो। तर आइतबार उनले पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापतिलगायत नेतासँग छलफलका लागि बैठक बोलाएपछि भारत भ्रमण स्थगित भएको हो ।

mediabaaji add

सम्बन्धित खबर

सुशीला कार्की नेतृत्वको सरकार आगजनी र लुटपाटबाट बनेको ओलीको आरोप

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हालको सरकारलाई असंवैधानिक र आगजनी, तोडफोड र लुटपाटबाट बनेको भन्दै आलोचना गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्...

सभापति गगन थापा मधेसबाट चुनाव लड्ने भएपछि जनकपुरमा सभा गर्दै कांग्रेस

काठमाण्डौँ । पहिलोपटक मधेसबाट प्रतिनिधि सभा चुनाव लड्न लागेका आफ्ना सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले जनकपुरमा चुनावी सभा गर्ने भएको छ । 

कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले दिएको जानका...

लिपुलेकबारे भारतको जवाफ : त्यो पुरानो मार्ग हो, कुनै नयाँ विषय होइन

काठमाडौँ । नेपालको भूमि लिपुलेक हुँदै भारत–चीन आवत जावत गर्ने मार्ग सञ्चालन भएकोमा नेपाल सरकारले जाहेर गरेको असहमतिप्रति भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतब...

बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय

काठमाडौँ । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३र०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो । 

गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपर...

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिध...

काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन उपलब्ध गराउने समझदारी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको काठमाडौं जिल्ला अदालत अस्थायी रुपमा नागरिक उड्डयन प्राधिकरणको बबर महलस्थित भवनमा सर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिसँग छलफल गर्दै...