शुक्रबार, ०९ असोज २०८३
नेपाली

पुनहिल र तातोपानी कुण्डबाट सोहोरियो करोडौं राजस्व, अन्नपूर्णको आन्तरिक आय बलियो

Main News Image

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना प्रमुख पर्यटकीयस्थलहरूलाई आन्तरिक आम्दानीको मुख्य स्रोत बनाएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३र०८४ मा पर्यटकीयस्थलहरूमा प्रवेश शुल्क संकलन तथा चिया पसल सञ्चालनका लागि ठेक्का लगाएर १ करोड ३० लाख ६६ हजार ५ सय ५५ रुपैयाँ आम्दानी गरेको छ ।

गाउँपालिकाभित्र रहेका पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए। उनका अनुसार भुरुङ तातोपानी कुण्डमा प्रवेश शुल्क उठाउन र चमेनागृह सञ्चालनका लागि न्यूनतम ९ लाख ५० हजार रुपैयाँ कायम गरेर आह्वान गरिएको ठेक्काको प्रस्ताव हाल मूल्यांकनको चरणमा छ ।

अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले ७१ लाख ५ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। त्यस्तै पाउद्धार तातोपानी कुण्डको ५० लाख १० हजार, रातोपानी कुण्डको ४ लाख ५ सय र रुप्से झरनामा प्रवेश शुल्क संकलनका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा र योमरी पुन्हि पर्व

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष...

मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा

काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार ५०...

आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई भूभागक...

फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक...

बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...