महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड
काठमाडौँ । बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।
मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।
यस दिन सवारीसाधन र औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने तथा व्यवसायमा प्रगति हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले महानवमीमा आफ्ना सवारीसाधन र औजारको पूजा गर्ने गर्छन्।
एक्सप्रेस
सम्बन्धित खबर
नारायणघाटबाट बुटवल जाँदै गरेको बस मध्यविन्दुमा दुर्घटना, २० जना घाइते
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खो...
भोटेकोशी बाढी : भग्नावशेष हटाउन र व्यवस्थापन गर्न साढे ९५ अर्ब खर्च लाग्ने अनुमान
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण थुपारिएका ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउन र तत्काल तथा दीर्घकालीन पुनःस्थापनाका लागि मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय...
विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको पर...
बूढीगण्डकीको विनाशकारी बहाव : के भन्छ बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदन ?
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुभजेनजिक बूढीगण्डकी नदीमा आएको असामान्य बाढी हिमाली क्षेत्रमा गएको पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको र त्यसपछि अवरोध कमजोर भएर वा भत्किएर एक्कासि ठूलो बहाव निस्किएको हुन सक्ने प्रारम्भिक...
आज राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाक...
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
काठमाण्डौँ । बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका ११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन् ।
गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर...


