साइबर ब्युरोमा अपराध अनुसन्धान गर्न आवश्यक डिजिटल फरेन्सिक ल्याब नै छैन : महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले साइबर ब्युरोमा साइबर अपराध अनुसन्धान गर्न डिजिटल फरेन्सिक ल्याब नै नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा भएको साइबर सुरक्षासम्बन्धी छलफलमा उनले साइबर ब्युरोमा आवश्यक डिजिटल फरेन्सिक उपकरण र अत्याधुनिक सफ्टवेयरको अभाव रहेको बताए ।
हाल केही पुराना उपकरण भए पनि अपर्याप्त भएकाले प्रत्येक डिजिटल डिभाइस परीक्षण गर्न लामो समय लाग्ने गरेको उनको भनाइ छ । साइबर अपराध अनुसन्धानमा डिजिटल फरेन्सिक अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रत्येक मोबाइल, कम्प्युटर वा अन्य विद्युतीय उपकरणको वैज्ञानिक परीक्षण गर्नुपर्ने बताए ।
डिजिटल फरेन्सिकबाट मेटाइएका सामग्रीसमेत पुनः प्राप्त गर्न सकिने भएकाले यसले अनुसन्धानमा महत्त्वपूर्ण प्रमाण उपलब्ध गराउने उनको भनाइ छ । तर, आवश्यक सफ्टवेयर, उपकरण र दक्ष जनशक्तिको अभावका कारण अनुसन्धान प्रभावित भइरहेको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान
काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभ...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...
प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ
काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टरा...
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगल...
सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ
काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।
८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...
चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !
मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिए...



