ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश
काठमाण्डौँ । सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् ।
ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई केन्द्रमा राखेर जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोगबारे व्यवहारिक अभ्यास गराउँदै सुरक्षित सडक प्रयोगको सन्देश प्रवाह गरेको छ। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु तथा पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा चालकको स्वास्थ्य र व्यवहार सुधारलाई जोड दिँदै ३ सय १९ जना चालकको एकदिने आँखा परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानसहित अन्तरक्रिया, ४२ जना टिपर चालकलाई दुर्घटना न्यूनीकरण प्रशिक्षण तथा ८३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको थियो ।
त्यसैगरी ४ हजार ८ सय ३५ जना चालक–परिचालकसँग दुई मिनेट सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो भने २ हजार २ सय ३४ जना दुई पाङ्ग्रे र २ हजार ९ सय ३७ जना चार पाङ्ग्रे सवारी चालकलाई विशेष सचेतना दिइएको छ। रात्रीकालीन समयमा मात्रै २ हजार ८ सय ८ जना सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सुरक्षाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले २ सय ७० स्थानमा सडक फर्निचर सरसफाइ, १ सय ३५ सवारी साधनलाई पिक एन्ड ड्रप व्यवस्थापनबारे जानकारी, १० हजार ६ सय १० जनालाई पर्चा–पम्प्लेट वितरण तथा ४ हजार ५ सय १४ वटा ट्राफिक सचेतनामूलक स्टिकर टाँस गरिएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदी का अनुसार सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने यथार्थलाई आत्मसाथ गर्दै सुरक्षित सडक संस्कार विकास र जनधनको क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक सप्ताह सञ्चालन भइरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...
महानिरीक्षक सचिवालयले भन्यो_भ्रम फैलाउनेलाई कारबाही गर्छौं
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीमाथि ‘राजीनामाको दबाब बढेको’ भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। आईजीपी कार्कीको सचिवालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीक...
वेदिका केसी पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार...
सशस्त्रमा ६ डीआइजी बढुवा हुँदै
काठमाडौँ । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक डीआईजीका ६ पद रिक्त भएपछि केही दिनमा बढुवा निकाल्ने तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आजै जनकपुर जाने कार्यक्रम भएकाले एकाध दिन ढिलो हुने सशस्त्र प्रहरी बल मूख्यालयले जनाएको छ ।
टोलेगुण्डा र दुर्व्यसनीविरुद्ध ‘स्वीप अप्रेशन’
काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा ख...



