आइतबार, ०८ कात्तिक २०८३
नेपाली

अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे

Main News Image

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको छ । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ। अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ। यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन्।

mediabaaji add

सम्बन्धित खबर

चन्द्रमाको यात्रा नजिकिँदै : नासाको रकेटमा इन्धन भरेर गरियो सफल परीक्षण

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ। यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्र...