अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको छ । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।
अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ। अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ। यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...
इरान तनावबीच ट्रम्प प्रशासनद्वारा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त
काठमाडौँ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनमा इरानसँगको बढ्दो तनाव र आन्तरिक राजनीतिक दबाबका बीच व्यापक हलचल देखिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले प्रशासनभित्र ‘सफाइ’ अभियान तीव्र बनाएका छन् । इरानसँगको तनाव चर्किंदै जाँदा ट...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना
काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन इरानको आह्वान
काठमाडौँ । ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ । इरानले युवाहरूलाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम...
शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल
काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्...



