देउवा समूह समानान्तर महाधिवेशनमा, सभापतिकै हैसियतमा देउवाको अपिल
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनमा होमिएको छ । देउवा समूहले १५ औँ महाधिवेशनका नाममा आज असोज १५ गते वडा अधिवेशन गर्दै छ । निवर्तमान सभापति देउवाले सभापितकै हैसियतमा पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवाले बिहीबार जारी गरेको अपिलमा पार्टीको आफ्नो समूहले आयोजना गर्ने महाधिवेशन प्रक्रियालाई समर्थन गर्दै देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर अधिवेशन सुरु हुन लागेको उल्लेख गरेका छन् ।
देउवाको यो अपिल कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशनको प्रक्रिया तथा नेतृत्वलाई लिएर विवाद चर्किरहेका बेला आएको हो। पार्टीको संस्थापनपक्षले यही असोज १८ गते सुरु हुने १५ औँ महाधिवेशनका लागि वडा र क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरिसकेको छ । तर देउवा समूह विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित भएको केन्द्रीय कार्यसमितिलाई अस्वीकार गरी समानान्तर महाधिवेशन गर्न लागेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए ।...
खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...
पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा
काठमाण्डौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको...
काठमाडौँका विभिन्न स्थानबाट नाबालिकामाथि यौनशोषणमा संलग्न ५ जना पक्राउ
काठमाडौँ— नाबालिकालाई जबर्जस्ती यौनशोषणको कार्यमा लगाउने कसुरमा संलग्न भएको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथ...
गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...
भैरमपुरमा बाह्र घर जलेर खरानी
काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले दिएको जानकारी अनुसार आगलागीबाट घरभित्र रहेका जिन्सी स...


