शनिबार, १४ कात्तिक २०८३
नेपाली

विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । उनले अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुनसमेत आग्रह गरेका छन् ।

देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय रूपमा १५औँ महाधिवेशनको कार्यतालिका अघि बढाउन खोजेको बताएका छन् । लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा नहुने उनको भनाइ छ ।


mediabaaji add

सम्बन्धित खबर

संसद्का दुवै सदनको बैठक बस्दै : आर्थिक सर्वेक्षण र विभिन्न विधेयकहरू टेबल गरिने

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज मंगलबार छुट्टाछुट्टै समयमा बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको हो। आज बस्ने दुवै सदनको बैठकमा महत्त्वपूर्ण...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् । सोमब...

सुनसरी घटना जिम्मा सरकारले लिनुपर्छ, हामी आफ्नो जिम्मेवारी पूरा गरौं : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । मंगलबार साँझ भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले राजनीतिक दल, नागरिक समाज र स्थानीय जनताले यतिबेला आफ्नो दायित्व पनि पूरा गर्नुपर्ने बताएका हुन्...