इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !
दुर्बिन शर्मा 'विवेक'
काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रा.डा. सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. वीणा पौडेलले “बाबुराम आचार्य र नेपालको इतिहास” विषयमा प्रवचन प्रस्तुत गर्नुभएको थियो । प्रवचनमा आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्तावेजीकरणमा पुर्याएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पुर्याएको योगदान र त्यसको समकालीन महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्वान, अनुसन्धानकर्ता, इतिहासप्रेमी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहनुका साथै कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ परिषद्का सदस्यहरूको वाक्लाे उपस्थिति रहेको थियो
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपाली इतिहासको अध्ययन, अनुसन्धान र दस्ताबेजीकरणमा पुर्याएको योगदान अमूल्य रहेको बताउनुभयो । उहाँले आचार्यका कृतिहरूले नेपाली इतिहासको वास्तविक स्वरूप उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यस्तै, कार्यक्रमका सभापति प्रा.डा. सुरेन्द्र केसीले बाबुराम आचार्य नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँका अनुसन्धान र लेखनले नेपालको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न ठूलो योगदान पुर्याएको बताउनुभयो । उहाँले इतिहासको अध्ययनलाई अझ गहिरो र प्रमाणमा आधारित बनाउन आचार्यका कृतिहरू आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गर्नुभयो ।
सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्वका रूपमा परिचित इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको इतिहासको खोज, अध्ययन र अभिलेखीकरणमा पुर्याएको योगदान अतुलनीय रहेकाे बताउनु भयाे । सुवेदीले इतिहासशिराेमणि बाबुराम आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा इतिहासप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्नु भयाे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहासलेखनमा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियोे । कार्यक्रमको सहजीकरण इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव श्री बाबुराम आचार्यले गर्नुभएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...
तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा
काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...
पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथ...
मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक
काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...
रहेनन् वरिष्ठ कलाकार सुनिल थापा
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियाबाजीलाई जानकारी दिए ।
थापा लामो समयदेखि नेपाली...



