बुधबार, ११ कात्तिक २०८३
नेपाली

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

Main News Image

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

     प्रा.डा. सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. वीणा पौडेलले “बाबुराम आचार्य र नेपालको इतिहास” विषयमा प्रवचन प्रस्तुत गर्नुभएको थियो । प्रवचनमा आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्तावेजीकरणमा पुर्‍याएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पुर्‍याएको योगदान र त्यसको समकालीन महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्वान, अनुसन्धानकर्ता, इतिहासप्रेमी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहनुका साथै कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ परिषद्का सदस्यहरूको वाक्लाे उपस्थिति रहेको थियो 

      कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपाली इतिहासको अध्ययन, अनुसन्धान र दस्ताबेजीकरणमा पुर्‍याएको योगदान अमूल्य रहेको बताउनुभयो । उहाँले आचार्यका कृतिहरूले नेपाली इतिहासको वास्तविक स्वरूप उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।

    त्यस्तै, कार्यक्रमका सभापति प्रा.डा. सुरेन्द्र केसीले बाबुराम आचार्य नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँका अनुसन्धान र लेखनले नेपालको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याएको बताउनुभयो । उहाँले इतिहासको अध्ययनलाई अझ गहिरो र प्रमाणमा आधारित बनाउन आचार्यका कृतिहरू आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गर्नुभयो ।

     सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्वका रूपमा परिचित इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको इतिहासको खोज, अध्ययन र अभिलेखीकरणमा पुर्‍याएको योगदान अतुलनीय रहेकाे बताउनु भयाे । सुवेदीले इतिहासशिराेमणि बाबुराम आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा इतिहासप्रतिको रुचि बढाउने विश्वास व्यक्त गर्नु भयाे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहासलेखनमा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियोे । कार्यक्रमको सहजीकरण इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव श्री बाबुराम आचार्यले गर्नुभएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...

गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन

चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...