प्रज्ञा-प्रतिष्ठानमा पुरानादेखि नयाँ सम्मका पुस्तक प्रदर्शनी
मिडियाबाजी काठमाडौँ ।२०८२ पुस १४ गते आइतबार ।"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी २०८२ पुस ११ गतेदेखि पुस २६ गतेसम्म रहने छ।
उक्त प्रदर्शनीबाट पुस्तक खरिद गर्ने व्यक्ति वा संस्थाका लागि १५ देखि ४० % सम्म रकम छुट दिइएको छ । प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नोैं उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशीकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र 'पेरी पाेइएटिकेस' लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। यस प्रदर्शनीमा पुरानादेखि नयाँसम्म नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका महत्त्वपूर्ण पुस्तकहरू राखिएको छ। प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ।प्रदर्शनीमा अनुसन्धानात्मक,संस्कार र संस्कृति तथा विभिन्न भाषाका काेशहरू समेत राखिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...
जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन हुनुभएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परा...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासी र जयराज आचार्यलाई सम्मान
काठमाण्डौँ । हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठ...
वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन
जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...
लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...



