ट्राफिक नियम उल्लंघनको महँगो मूल्य : एकै दिन २२ लाख ७४ हजार जरिवाना असुल
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक संकेत उल्लंघनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंकनकर्ता ६२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२८ जनालाई कारबाही गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०...
सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान
काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभ...
काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यका ट्रफिक प्रहरी...
सभामुख अर्यालको सवारी साधनद्वारा ट्राफिक नियम उल्लंघन, जरिवाना काटियो
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको घटनामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डीपी अर्याल कारबाहीमा परेका छन् । थापाथली चोकमा लेन मिच्दै अघि बढेको उनको सवारी सिंहदरबार प्रवेश गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
उपत्यका प...
बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएको हो । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि...
डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती
झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र...



