आइतबार, २४ जेठ २०८३
नेपाली

सरकारद्वारा बजेटमार्फत कर प्रणालीमा व्यापक हेरफेर : कतिपय कर र शुल्क खारेज

Main News Image

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नागरिक र व्यवसायीलाई राहत दिने उद्देश्यले विगतमा लाग्दै आएका कतिपय कर तथा शुल्कहरू खारेज गरेको छ भने केहीमा उल्लेखनीय कटौती गरेको छ । करको दायरालाई व्यावहारिक बनाउने र आन्तरिक उत्पादन तथा डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने गरी कर प्रणालीमा यी नयाँ व्यवस्थाहरू अघि सारिएका हुन् ।

पेट्रोलियमको कर हरित करमा समायोजन, सुनको बिलासिता शुल्क हट्यो

नयाँ व्यवस्थाअनुसार पेट्रोलियम पदार्थमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर र प्रतिलिटर ४ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर पूर्ण रूपमा खारेज गरिएको छ। तर, विगतमा यी दुवै शीर्षकमा लिइँदै आएको करलाई अहिले ‘हरित कर’ ९ग्रिन ट्याक्स० मा समायोजन गरेर दर भने केही बढाइएको छ।


यस्तै, उपभोक्ताका लागि राहत मिल्ने गरी सुन तथा सुनका गहना बिक्रीमा लाग्दै आएको २ प्रतिशत बिलासिता शुल्क सरकारले पूर्ण रूपमा हटाएको छ। अब त्यसको सट्टा केवल ०।५ प्रतिशत मात्र ‘सीप प्रवर्द्धन शुल्क’ लाग्नेछ ।

सूचना प्रविधि, सिएसआर र कृषि क्षेत्रमा विशेष सहुलियत

बजेटले द्रुत गतिमा फस्टाउँदै गरेको सूचना प्रविधि  क्षेत्रलाई आकर्षित गर्न विशेष व्यवस्था गरेको छ। अबदेखि सूचना प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीहरूले नगदको सट्टा पाउने ‘स्वेट इक्विटी सेयर’लाई रोजगारीको आयमा समावेश गर्नु पर्ने छैन, अर्थात् त्यस्तो सेयरमा कुनै कर लाग्ने छैन । यसै गरी, व्यवसायीहरूले संस्थागत सामाजिक उत्तरदायित्व  बापत गर्ने खर्चलाई अब करयोग्य आयको १ प्रतिशतको हदभित्र रहेर खर्च लेख्न कर घटाउन पाउने भएका छन्।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्न फलफूल खेती, पशुपालन, पन्छीपालन, माछापालन र मौरीपालन गर्ने व्यक्ति वा निकायलाई करयोग्य आयको १२।५ प्रतिशत मात्र आयकर तिरे पुग्ने गरी ठुलो छुट दिइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

निरन्तर सुन मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो । आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैय...

माघ महिनामा घट्यो घरजग्गा कारोबार, ५ अर्ब ९ लाख राजस्व संकलन

काठमाडौँ । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिल...

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार...

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैय...

भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रब...