ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो। यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ।
शनिबार थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताए। बैङ्ककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५स्५० बजे कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो।
कम्बोडियाले थाइ लडाकु विमानहरूले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ। यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिए।
शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्याण्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट सँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गरेका थिए। तर ट्रम्पको घोषणापश्चात् पनि दुवै पक्षले एक–अर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन् भने कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। थाइ वायुसेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ।
यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्धविराम भएको थियो। तर, सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो। सीमावर्ती क्षेत्रबाट विस्थापित एक थाइ नागरिकले शान्ति प्रयासप्रति आशङ्का व्यक्त गर्दै कम्बोडियामाथि अब विश्वास गर्न गाह्रो भएको बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेप...
कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण
काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन्...
नेतन्याहूलाई जीवित नछोड्ने इरानको धम्की
काठमाडौँ । इरानको रिभोलुसनरी गार्डसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लखेटेर मार्ने धम्की दिएको छ । इरानी गार्डसले नेतन्याहूलाई १६८ जना बालबालिका मार्ने अपराधीको आरोप लगाउँदै आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्यूज’मा चेतावनी दिएको हो। <...
हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय...
इरान युद्धका विषयमा विवाद भएपछि जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिच मर्जबीचको बढ्दो राजनीतिक तिक्तताका कारण अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना करिब ५,००० सैनिक फिर्ता गर्ने निर्णय गरेको छ ।
इरानसँगको सम्भावित युद्ध र कूटनीतिक रणनीतिलाई लिएर दु...
खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिने हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले बदलामा लगभग ४०० वटा मिसाइल प्रहार गरेको छ ।
इजरायलका सा...



