बुधबार, ११ कात्तिक २०८३
नेपाली

ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी

Main News Image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो। यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ।

शनिबार थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताए। बैङ्ककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५स्५० बजे कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो।

कम्बोडियाले थाइ लडाकु विमानहरूले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ। यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिए।

शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्याण्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट सँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गरेका थिए। तर ट्रम्पको घोषणापश्चात् पनि दुवै पक्षले एक–अर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन् भने कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। थाइ वायुसेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ।

यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्धविराम भएको थियो। तर, सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो। सीमावर्ती क्षेत्रबाट विस्थापित एक थाइ नागरिकले शान्ति प्रयासप्रति आशङ्का व्यक्त गर्दै कम्बोडियामाथि अब विश्वास गर्न गाह्रो भएको बताएका छन्।

mediabaaji add

सम्बन्धित खबर

खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी

काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ल...

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...

इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु

काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...

अमेरिका र इरानबीच पुनः वार्ताको तयारी

काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व...

इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु

काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि...

भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर

काठमाण्डौँ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँप...