शनिबार, २० असार २०८३
नेपाली

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

Main News Image

काठमाडौँ । बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको हो ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि ठूलो परिमाणमा परिमार्जन गरिएको छ। पहिले ७ लाखबाट सीमित गरिएको यो सीमा अब वृद्धि भई १५ लाख कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दुई वर्षअघि कसिलो मौद्रिक नीति अपनाउने क्रममा ओभरड्राफ्ट कर्जा तथा लघुवित्तको कर्जा सीमा घटाएको थियो। विशेषगरी लघुवित्तको अत्यधिक ऋणभारका कारण विपन्न वर्ग समस्यामा परेको भन्दै सीमा कटौती गरिएको थियो । तर हाल बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको र कर्जा विस्तार कमजोर भइरहेको स्थितिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पुनः सीमा वृद्धि गरेको हो ।

समिक्षामा लघुवित्त कर्जा लिएर किस्ता बुझाउन समस्या परेका ऋणीहरूलाई राहत दिने प्रावधान पनि समेटिएको छ। अब उनीहरूले आवश्यक परेमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

 

mediabaaji add

सम्बन्धित खबर

१६६ संस्थालाई १६ प्रकारका खनिज उत्खनन गर्न अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गरेको छ । स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्दै औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले अन...

प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार नेपाल र...

नेपालमा घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ ।

न...

विनिमय दर : डलर, युरो र पाउन्डको मूल्य बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७८...

कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत...

सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोला...