बिहिबार, ०५ कात्तिक २०८३
नेपाली

आजदेखि लगातार पाँच दिन सार्वजनिक बिदा

Main News Image

काठमाडौँ । सरकारले  सोमबार र परसी मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । यसअघि श्रीकृष्ण जन्माष्टमी र नियमित सातान्त बिदाका कारण तीन दिन बिदा हुने तय भएकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयले दुई दिन बिदा थपिएको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार रसुवा केन्द्रविन्दु भई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते ९सोमबार० राष्ट्रिय शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिइने भएको छ ।

हिन्दु परम्पराअनुसार विपद्को १३औँ दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।  उक्त दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाइनेछ । त्यसैगरी, भदौ २३ गते मङ्गलबार ‘जेनजी सहिद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

यस निर्णयसँगै शुक्रबार श्रीकृष्ण जन्माष्टमी, शनिबार र आइतबार नियमित बिदा, सोमबार राष्ट्रिय शोक दिवस र मंगलबार जेनजी दिवस गरी सर्वसाधारण तथा सरकारी कर्मचारीहरूले लगातार पाँच दिनको बिदा पाउने भएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्...