डलर र युरोको विनिमयदरमा उतारचढाव, खाडी मुलुकको मुद्राको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन देशहरूको साझा मुद्रा युरो एकको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा रहँदा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
बैंकका अनुसार अन्य प्रमुख देशहरूको मुद्रातर्फ क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल...
सुनको भाउ निरन्तर उकालो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य र...
पुन: सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना
जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मच...
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपि...
सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १८५...
खाना पकाउने ग्यास मागभन्दा २५ बुलेट बढी आयात भइरहेको निगमको दाबी
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बजारमा खाना पकाउने ग्यासको अभाव नभएको स्पष्ट पारेका छन् । पछिल्लो समय ग्यास अभाव हुन लागेको भन्दै चलेको हल्ला निराधार रहेको बताउँदै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका हुन् । बु...



